जब अस्पतालको बेडमा प्रधानमन्त्री ओलीले भेटे मोबाइल

२०७६ मंसिर १२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालको बेडमा स्वास्थ्य लाभ लिइरहेका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अहिले स्वास्थ्य लाभ लिइरहेका हुन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिस्को शल्यक्रिया गरिएको थियो । चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेका प्रधानमन्त्री ओलीले शल्यक्रिया गरेको भोलिपल्टै बुधबार अक्सिजन माक्स हटाउन सांकेतिक रुपमा भनेका थिए ।

तर, बिहीबार बिहान भने उनी उठेर हिँड्न खोजे । बेडबाट उठेर हिँड्न खोजेपछि चिकित्सकहरुले आराम गर्न र हिँडडुल नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । त्यसपछि अस्पतालको बेडमै उनको हातमा मोबाइल प¥यो । तब प्रधानमन्त्री ओली मोबाइल चलाउन सक्रिय भए । सामाजिक सञ्जालदेखि न्यूजपोर्टल हेर्न थालेका प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्यमा तीब्र गतिले सुधार आइरहेको ट्वीट गर्न भ्याए । अरुले दिने सूचनाको भर नपर्ने प्रधानमन्त्री ओलीले न्यूज पोर्टल हेर्दै र स्वास्थ्य लाभका कामना गरेकालाई आभार व्यक्त गर्दै रिप्लाइसमेत गरे ।

आफू बिरामी भएको भान नै नगरी उठेर हिँड्ने हिम्मत गरेका प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा सक्रिय भएपछि चिकित्सक र उनका सचिवालयका सदस्यहरुले रोकेका थिए । चाँडै निवास फर्केर सरकारको काम कारबाही गर्न हत्तारिएका प्रधानमन्त्री ओलीले उपचार गर्न तर आफूलाई नरोक्न चिकित्सकलाई भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार