sajalsandesh

प्रधानमन्त्री अस्पतालको बेडवाट उठेर हिड्न खोजेपछि चिकित्सक हैरान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला उपचारका लागि अस्पतालमा भर्ना छन् । दुवै मृगौलाले काम गर्न छोडेका कारण डायलशिसमा रहेका ओलीमा अचानक एपेण्डिक्स देखिएपछि अहिले सघन उपचार कक्षामा राखेर उपचारार्थ छन् । रोगै रोगको घर बोकेर बसेका प्रधानमन्त्रीको उच्च मनोबलको सवैले प्रशंसा गरेका छन् । उनको उच्च मनोवलका कारण रोगसंग लड्दै आएका छन् । जस्तोसुकै कठिन परिस्थितिमा धैर्यता नगुमाउने उनको यहि शक्तिले अहिले सम्म उनी बाँचिरहेका छन् ।

उनको रोगलाई जित्ने शाहस धैर्यता वाहिर निकै चर्चा भइरहेको बेलामा अस्पताल भित्रका चिकित्सक भने उनको उच्च साहसका कारण अहिले हैरान भएका छन् । शल्यकृया गरेको भोलीपल्टै प्रधानमन्त्री अस्पतालको वेडवाट उठेर हिड्न खोजेपछि चिकित्सकलाई सम्झाउन हम्मे हम्मे परेको छ ।

सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि केही दिन आराम गर्नुपर्छ । त्यस माथि प्रधानमन्त्री मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका ब्यक्ति हुन् । तर एपेन्डिक्सको शल्यकृया गरेको भोलीपल्टै प्रधानमन्त्री ओली अस्पतालको बेडवाट उठे हिँड्न खोजेपछि चिकित्सक पनि चकित परेका छन् ।

विहीबार बिहानदेखि हिँड्न सक्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओली विहानै उभिएर बाहिरतिर टहलिन खोजेका थिए । सामान्य उभिएर शरिरलाई शन्तुलनमा राख्न पनि अप्ठेरो हुने अवस्थामा उनी भने बाहिर निस्केर टहलिने इच्छा देखाएपछि चिकित्सक हैरान भएका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई आराम गर्न सुझाव दिएका छन् । उनी आफै सामान्य अवस्थामा फर्कन निकै हतारिएका छन् । बुधवार देखि नै प्रधानमन्त्री ओलीले अक्सिजन माक्स कहिले निकाल्ने भनेर सोधेका थिए ।

प्रधानमन्त्रीले हिडडुल गर्न चाहेपछि उनलाई थमथम्याउन चिकित्सकको चिकित्सकको आँखा छलेर मोवाइल हातमा दिइएको थियो । मोवाइलवाटै प्रधानमन्त्रीले सर्वसाधारणका लागि ट्वीट गरेका छन् । साथै सामाजिक सञ्जालमा जोडिएका साथीहरुलाई जवाफ पनि दिएका छन् । प्रधानमन्त्री मोबाइल चलाउँदै सामाजिक सञ्जालमा सक्रिय भएपछि चिकित्सक तथा सचिवालयका सदस्यहरुले रोकेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ुबितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

ismt college
dish home