sajalsandesh

भारतले लिपुलेक जाने बाटो बनाउँदा ठाउँ ठाउँमा वि’स्फोट

काठमाडौं – भारतले नेपाली भूमि लिपुलेक जाने सडकखण्ड निर्माण गर्दा गराइरहेको विस्फोटले नेपाली बस्ती जोखिममा परेको छ । भारतीय क ब्जामा रहेको नेपाली भूमि लिपुलेक जाने बाटो बनाउँदा ठाउँ–ठाउँमा भइरहेका वि स्फोटले नेपाली बस्ती र भू–भाग जोखिममा परेको हो ।

व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव दिपक खातीका अनुसार भारतले गर्भादेखि माथिल्लो क्षेत्र र लिपुलेकबाट गरि दुई स्थानबाट बाटो निर्माण सुरु गरेको छ । भारतको धार्चुला हुँदै जाने बाटो बनिरहेको हो । जसका लागि भारतले हेलिकप्टरबाट निर्माण र विस्फोटक सामग्री ढुवानी गरिरहेको उनले बताए ।
केही दिनअघि व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकी, दार्चुला तिकंर सडकखण्ड आयोजनाका प्रमुख अच्युत पन्त लगायतको टोलीले भारतले बनाइरहेको बाटोबारे अध्ययन गरेको थियो ।

गाउँपालिका अध्यक्षसहितको टोलीले भारतले आफ्नो भूमिबाट लिपुलेक जाने बाटो बनाउँदै गर्दा गराइरहेको विस्फोटले चट्टान उछिट्टिएर नेपालको बाटो ठाउँ–ठाउँमा भत्काएको उनले बताए ।
भारतीय पक्षले गराएको वि स्फोटबाट माल्पा, घाटिवगड लगायत नेपाली भू–भागमा व्यास गाउँपालिकाले बनाएको सडक भत्किएको छ ।

व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव खातीले भने,‘‘ठाउँ–ठाउँमा चट्टान महाकाली नदीमै खसेका छन् । कतिपय स्थानमा त महाकाली नै थुनिने खतरा छ । महाकाली थुनिएको अवस्थामा दार्चुलावासीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ ।’’ भारतीय पक्षले बनाइरहेको बाटो र त्यसबाट पर्ने असरबारे केन्द्र सरकारलाई समेत जानकारी भइसकेको छ । केही दिनअघि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सा जारी गरेपछि नेपालमा व्यापक विरोध भएको थियो । सरकारले कूटनीतिक पहलमार्फत् विवाद सुल्झाउने बताइँरहदा लिपुलेक जाने बाटोबाट नेपालले थप क्षति बेहोर्नुपर्ने सम्भावना बढेर गएको छ ।

ismt college
dish home