यसरी बाँडिएको छ भारतीयलाई नेपाली नागरिकता, पतिको नाम नै उल्लेख छैन

२०७६ मंसिर १२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – प्रदेश २ को नागरिकताले विषयले मुलुकको राजनीति नै तताउने गरेको छ । निर्वाचनका बेला नागरिकताको विषय चर्काे रुपमा उठाइन्छ । एकथरी व्यक्ति तराई मधेशका बहुसंख्यक नेपाली नागरिक नागरिकताबाट बन्चित रहेको बताउँछन् भने अर्काे थरी नेपाली नागरिकको बाहना बनाएर भारतीयलाई नागरिकता बाँड्न नागरिकता वितरणको उठाइने गरिएको छ ।

नेपाल–भारत खुला सिमाना र आउजाउमा कुनै बन्देज छैन । जस कारण भारतीय नागरिक नेपाल आएर यहाँको नागरिकता लिने गरेका छन् । तराई मधेशको नागरिकताको विषयलाई अहिले पनि त्यस क्षेत्रबाट आफूलाई प्रतिनिधि ठान्ने राजनीति दलहरुले राजनीतिक एजेण्डाको रुपमा अघि सारिरहेका छन् ।

भारतमा भन्दा नेपालमा नागरिकता लिन सहज छ । वैवाहिक अंगिकृत नागरिकता नेपालमा तुरुन्तै पाइन्छ भने भारतमा विवाह भएको सात वर्ष कुर्नु पर्ने हुन्छ । यसर्थ नेपालमा अवैध रुपमा नागरिकता लिएको भन्दै बेलाबखत मानिसहरु कारबाहीमा पनि पर्ने गरेका छन् । तर, अवैधरुपमा नागरिकता लिने र दिने काम तराई मधेश क्षेत्रमा नरोकिएको हालै सामाजिक सञ्जालमा भाइरल बनेको ३३३०६९/२१ नम्बर रहेको वैवाहिक अंगिकृत नागरिकताको फोटोले देखाउँछ ।

भारत जन्मेकी मोजायद खातुनले बारा जिल्लाबाट लिएकी वैवाहिक अंगिकृत नागरिकतामा उनको बाबुको नाम अंसुव देवान र आमाको नाम जलेखा खातुन उल्लेख गरिएको छ । र ठेगाना भारत लेखिएको छ । बारा जिल्ला मनहर्वा–३ स्थायी ठेगाना लेखिएको सो नागरिकतामा मोजायद खातुनले कोसँग विवाह गरेको भन्ने खुलेको छैन, अर्थात पतिको नाम नै उल्लेख गरिएको छ ।

यस नागरिकताबारे बारा जिल्ला प्रशासन र नागरिकताबाहक मोजायद खातुनले केही बताएका छैनन् । पतिको नाम उल्लेख नगर्नु कुनै प्राविधिक त्रुटिका कारण हो या नागरिकता नै अवैध हो यसबारे स्थानीय प्रशासन र मोजायदले केही खुलाइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार