अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बन्नेछन् : प्रचण्ड

२०७६ मंसिर १२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनसरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ ।

नेकपा निर्वाचन परिचालन कमिटी धरानले आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसले नेकपालाई बदनाम गराए आफैँ सकिने बताउनुभयो ।

“नेपालको विकास कम्युनिष्टले गर्छ । अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौँ । अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।”

सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार