प्रचण्डले भने ‘लभर’ का निम्ति म आन्दोलन गर्छु !

२०७६ मंसिर ११, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तराई/मधेशका जनतासँग लभ परेको दोहोर्‍याएका छन्।

प्रदेश दुईमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको विषयमा छलफल गर्न मंगलबार निजगढमा आयोजना गरिएको सभामा बोल्दै उनले आफूले ‘लभर’लाई दु:ख नदिने बताए।

एकमहिना अघि महोत्तरीको पिपरामा पुगेका प्रचण्डले त्यो बेला पनि मधेशी जनतासँग आफ्नो प्रेम परेको बताएका थिए।

निजगढमा आज भएको कार्यक्रममा प्रचण्डले प्रदेश २ को विकास निर्माणमा सरकार गम्भीर रहेको बताए।

प्रचण्डले तराईको विकासबिना सरकारको समृद्धि यात्रा पुरा नहुने बताए।

‘म पहिला तपाईंहरूकै मतबाट निर्वाचित भएर प्रधानमन्त्री भएँ। मैले त्यतिबेला तपाईंहरूकोअगाडि भनेको छु। तराई मधेसमा बस्ने जनतासँग मेरो लभ छ,’ प्रचण्डले भने,‘मेरो लभरलाई योभन्दा बढी दु:ख दिने, विकास निर्माणका कामलाई गति नदिने हो भने लभरका निम्ति म यहीँ आएर आन्दोलन गर्छु। तर विकास विकास निर्माणका कामलाई गति नदिने कुरा सह्य छैन। ’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार