sajalsandesh

काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आ आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

सरकारको चौमासिक समीक्षा बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत जफत गर्न निर्देशन दिएका खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

प्रधानमन्त्री ओलीले सधैँ यही स्थितिलाई निरन्तरता दिन नसकिने बताउँदै ठेकेदारलाई दिइँदै आएको २० प्रतिशत परिचालन खर्चका बारेमा पनि प्रश्न उठाएका छन्।

उनले मन्त्रालयहरुले विभिन्न नाममा वितरण गरेका अनुदानका बारेमा पनि प्रश्न उठाएका छन्।

‘कसलाई कति अनुदान दिनुभएको छ, सदुपयोग भएको छ छैन, अनुगमनमा म मान्छे पठाउँछु,’ ओलीले भने।

ismt college
dish home