कतारमा यि नेपाली युवाले पाए साढे ४ लाख इनाम !

२०७६ मंसिर ९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दोहा – कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङका गोर्खबहादुर राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम स्वरुप प्रदान गरेका छन्।

विगत दशवर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो। कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका उनी अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन्। नासर अल अली इन्टरप्राइसेसमा काम गरेर झापामा जग्गा जोडि सकेको उनले बताए।

कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले सबै कामदारहरुसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार