पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने !

२०७६ मंसिर ९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – एक साता अगाडी मध्यरातमा परिवार सहित ठमेलको डान्स क्लबमा नाच्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह देश दौडाहमा निस्कन लागेका छन् । कुनै न कुनै रुपमा राजनीतिमा उत्रिएका पूर्व राजा ज्ञानेन्द्र आफनो जनमत बढाउने र दलहरुप्रतिको जनआस्थामा खोट लगाउने उदेश्यले बेला बेला देश दौडाहा गरिरहेका छन् ।

यही क्रममा उनको पछिल्लो रोजाई बनेको छ,– भैरहवा र त्यसआसपासका जिल्ला । पूर्व राजा ज्ञानेन्द्रको चाहना अलिक अगाडी नै त्यस क्षेत्रमा जाने थियो । तर देश उपचुनावमा रहेको र उनी भ्रमणमा निस्कदा निर्वाचन आचारसंहिताले छेकवार लगाउने र आफै आलोचित हुने ठानी उनले उपचुनावको भोलिपल्ट मात्रै जिल्ला दौडाहको कार्यक्रम राखेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपाले समेत उनको गतिविधिलाई मसानघाटमा पुगिसकेको राजसंस्था चिहानबाट ब्यंूताउने प्रयत्न गरिरहेको टिप्पणी गदै आईरहेको छ । उनका गतिविधि पनि राजसंस्था ब्यूंताउने तिर नै लक्षित देखिन्छ । पूर्व राजा ज्ञानेन्द्र नाति हद्दयेन्द्रलाई सेरोमेनियल किङका रुपमा पूर्नस्थापित गराउन चाहान्छन् । त्यसका लागि आफुले गरिरहेको पहलमा पूर्व युवराज पारसले बेला बेला वातावरण बिगार्ने काम मात्र गरेको बुझाईमा पूर्व राजा छन् । त्यसकारण उनले पारसलाई आफुसंगवाट टाढा राखिरहेका छन् ।

पारस अहिले सोनिकासँग मस्त घुमिरहेका छन् । यसले ज्ञानेन्द्रले बनाउँदै गरेको वातावरण बिथोल्ने काम मात्र गरेको बुझाई पूर्व राजाको छ । ज्ञानेन्द्र १५ मंसिर देखि पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा निस्कन लागेको उनका प्रेस सल्लाहकार डा फणि पाठकले वताएका छन् । भैरहवालाई आधार बनाएर उनले त्यस आसपासका जिल्ला तथा क्षेत्रहरुको भ्रमण गर्ने तयारी गरेका हुन् । उनी १५ मंसिरमा बिहान बुद्ध एयरको जहाजबाट भैरहवा जान लागेका छन् । दुई साता सम्म पूर्व राजाको त्यत्तै आसपासका जिल्ला तथा मठ मन्दिरमा भ्रमण हुनेछ । त्यस क्रममा उनले झण्डै आधा दर्जन जिल्लाको भ्रमण गर्नेछन् ।

देशको पछिल्लो राजनीतिक अवस्था, पूर्व राजा र राजसंस्थाप्रतिको जनताको बुझाई लगायतका विषयमा उनले त्यसक्रममा विभिन्न ब्यीक्तहरुसँग कुराकानी गर्ने दरवारनिकट स्रोतले वताएको छ । अहिले पूर्व राजा ज्ञानेन्द्रको दुई वटा लक्ष्य छन्, नाति ह््रदयेन्द्रलाई आलंककारिक राजाका रुपमा पूर्नस्थापित गराउने, दोश्रो पूर्व युवराज पारसलाई आफुबाट टाढै राख्ने , त्यसका लागि आवश्यक पर्दा परिवारको सदस्यबाटै निष्काशन समेत गर्ने ।

पारसकै कारण आफुले वनाउन खोजेको राजनीतिक वातावरण भत्केको वुझाईमा यतिबेला पूर्व राजा ज्ञानेन्द्र, पूर्व युवराज्ञी हिमानी लगायत पुगेका छन् । त्यसकारण पनि पूर्व राजा पारससँग आजित छन् । उनले पारसलाई परिवारको सदस्यवाट निश्कासनका लागि आवश्यक परे वक्तब्य समेत दिने तयारी थालेका छन् । त्यसो गर्दा बरु जनमत बढाउन सकिन्छ की भन्नेमा उनी दरबारभित्र छलफल चलाईरहेको स्रोतले वताएको छ । ६ महिना अगाडी मात्रै उनले इलाम लगायत तराईका जिल्लाहरुको भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार