sajalsandesh

‘जिते’को सफलता !

झापा – नेपालमा केहि गर्न सकिदैन भनेर विदेश जान हतारिने युवा धेरै छन्। नेपालमा केहि गर्छु भन्ने सोच बोकेर देश फर्केका तर फेरी विदेश पलायन भएका युवा पनि धेरै नै छन्। यसरी देश प्रतिको बितृष्णा र विदेश मोहले नेपालमा नै केहि गरेर सफल बन्न सकिन्छ भन्ने सोच राख्नु अपत्यारिलो जस्तो लाग्न सक्छ ।

तर नेपालमा पनि परिश्रम गरेमा सफल हुनसकिन्छ भन्ने सोचका साथ अगाडि बढेका दमक नगरपालिका वडा नम्बर ६ का २३ वर्षीय बिबेक कार्की ‘ जिते’ को विचार सुन्दा गौरबको महसुस हुन्छ ।

सँगैका साथीहरु विदेशतिर हाँकिएको देखेर उनि सोच्थे, ‘आखिर जिन्दगी पाल्नको लागि त विदेश नगई नहुने नै रहेछ ।’ ‘महिनाको ६०-७० हजार कमाउँछु’ भन्दै कुनै साथीले च्याट गर्दा त उनी सोच्थे – ‘म पनि त्यो देश जान पाए, यति नै पैसा कमाएर परिवारलाई पठाउन पाए कति सुखि हुन्थ्यो होला जीवन ?’

उनका बाबुले दमकमा नै संचलान गरेको ‘भोजपुरे होटेल’ चलेकै थियो । उनि फुर्सदमा त्यहाँ पुगेर सहयोग पनि गर्दथिए । धेरै कुरा त्यहाँबाट सिक्ने मौका पाएको उनि बताउछन ।’ घरको बातावरण पनि त्यस्तै पर्यो, सबै जना आ-आफ्नो व्यवासाय संचालान गरिरहनु भएको छ । मलाई पनि केहि गरौ भन्ने लाग्थ्यो ।’

दमक क्याम्पसमा स्नातक तेस्रो वर्ष अध्ययन गर्दै गर्दा उनमा नयाँ सोच् आयो । घरमा सल्लाह गरेर उनले आफ्नै लगानीमा दमकको नमुना मार्गमा ‘ जिते लाउन्ज एण्ड बार ‘ संचालानमा ल्याए । ६ महिना अगाडीबाट संचानलमा आएको उक्त लाउन्जमा ७ जना कर्मचारी राखेका छन् । स्थापना भएको छोटो समयमा नै युवा पुस्ता माझ लोकप्रिय बन्न पुगेको उक्त लाउन्जमा दैनिक सांगीतिक कार्यक्रम हुने गरेको उनि बताउछन ।

अहिले चौथो वर्षको पढाई गरिरहेका उनि भन्छन – ‘दैनिक १० घण्टा काममा खट्ने गरेको छु। बिहान कलेज जान्छु दिउसो यता काममा ।’

‘काम प्रति लगनशील हुने हो भने नेपालमा नै धेरै थोक गर्न सकिन्छ’ उनि भन्छन – ‘२०-४० हजार कमाउन विदेश जानै पर्दैन । यहाँ काम गर्दा मान्छे पनि चिनिन्छ, विदेशबाट फर्केर यहाँ शुन्यबाटै काम सुरु गर्नु पर्ने हो । बरु अहिले देखि केहि गर्दा धेरै कुरा पनि सिकिन्छ ।

सानो उमेरमै व्यवसायमा लागेका उनि यस क्षेत्रमा चुनैतीका साथै अवसर पनि भएको बताउछन । आफु संगै अरुलाई पनि रोजगारी सिर्जना गर्न सकेकोमा उनि खुशी व्यक्त गर्दछन । अब चाडै नै अझ व्यापक तरिकाले व्यवासाय संचालन गरेर थप रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।

ismt college
dish home