प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा भारतिय नागरिक, भारतले मनायो खुसी

२०७६ मंसिर ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीमण्डल गठन गर्दा भित्र्याएका एकजना राज्यमन्त्रीलाई भारतले आफ्नो नागरिक दावी गरेको छ । भारतीय सञ्चारमाध्यमले ओलीको मन्त्रीमण्डलमा भारतीय नागरिक भएको दावी सहितको समाचार प्रस्तुत गरेको छ । प्रधानमन्त्री ओलीले गएको विहिवार मन्त्रीमण्डलमा भित्र्याएका उद्योग वाणीज्य तथा आपूर्ति राज्यमन्त्री मातीलाल दुगडलाई भारतीय नागरिक भएको दावी ति संचारमाध्यमले गरेका छन् ।

उनीहरुले नेपालमा भारतीय ब्यक्ति मन्त्री बनेको भन्दै खुसी मनाएका छन् । भारतीय संचार माध्यम थार एक्सप्रेसले यस्तो समाचार प्रस्तुत गरेको हो । समाचारमा दुगडको भारतमा भएको ठेगाना पनि उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री बनाएका छन् । तर, उनै दुगड भारतीय नागरिक रहेको थार एक्सप्रेसले दाबी गरेको हो ।

थार एक्सप्रेसकाअनुसार दुगड भारतको फतेहपुर राजस्थान निवासी हुन् । उनी व्यापारी रहेको उल्लेख गर्दै दुगडलाई विराटनगर प्रवासी भनेर उल्लेख गरिएको छ । थार एक्सप्रेसले ‘कुनै पनि देशको मन्त्रीमण्डलमा आफ्नो समुदायको प्रतिनिधित्व हुनु राजस्तानको लागि गौरवको कुरा भएको’ समाचारमा उल्लेख गरेको छ ।

उद्योगी मोतीलाल दुगड तत्कालीन नेकपाको सिफारिसमा समानुपातिकतर्फबाट सांसद बनेका हुन् । यसअघि दुगड २०६४ मा भएको संविधान सभाको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सांसद भएका थिए।

२०७० सालमा भने उनले नयाँ पार्टी ‘नव नेपाल पाटी’ गठन गरेर चुनावी मैदानमा गएका थिए । सो निर्वाचनमा उनको पार्टीले २२ उम्मेदवार उठाउँदा समेत केबल १३९८ मत ल्याएको थियो। पार्टी असफल भएपछि दुगडले पार्टीलाई एमाले प्रवेश गराएर विलय गराएका थिए। दुगडको सेञ्चुरी मसला लगायतका मसला उद्योग, पोलिमर उद्योग, होटल क्षेत्रमा पनि लगानी छ।

राम्रा काम गर्ने मन्त्रीलाई हटाएर पार्टी र नेता तथा माफियालाई सहयोग गर्नेलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएको आरोप लागेका बेला भारतीय सञ्चार माध्यमको सो समाचार प्रकाशित भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार