छिन्नभिन्न भयो विप्लव समूह

२०७६ मंसिर ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटव्युरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुरको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ जना चैत ८ मा काभ्रेबाट समातिए।

गत वैशाख २५ मा पोलिटव्युरो सदस्य भरत बम विस्फोटक पदार्थसहित नेपालगञ्जबाट पक्राउ परे। गत असोज २९ को राति मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरगञ्ज) र राप्ती व्यूरो इन्चार्ज सुवास बाठासहित २१ नेता दाङबाट समातिए ।

सरकारले ०७५ फागुन २८ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि चन्द समूहका अधिकांश नेता कार्यकर्ता भूमिगत छन् ।

प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित एक हजर एक सय ५० नेता कार्यकर्ता समातिइसकेका छन् । अहिले विप्लव समूह छिन्नभिन्न अबस्थामा पुगेको छ । झण्डै ६ सय नेता कार्यकर्ताले पार्टी छाडेका छन् ।

सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन् ।
०७६ जेठ १९ मा पोलिटब्युरो सदस्य तथा पूर्वराज्यमन्त्री पदम राई सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार