भारतले ओलीसँग सम्झौता गरेरै नयाँ नक्सा सार्वजनिक गरेको हुनसक्छ: देउवा

२०७६ मंसिर ७, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नेपाली भूभाग समेटिएको भारतको नक्सा आएको आरोप लगाएका छन्।

शनिबार पोखरामा भएको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा गरेको हुनसक्छ,’ देउवाले भने, ‘नत्र नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्दैन।

त्यही भएर केपी ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको पुष्टि हुन्छ।’ उनले वर्तमान सरकारले जनताको दुखहरु बिर्सेर ढाडसेक्ने गरी कर बढाएको आरोप लगाए। उनले ओली सरकार भ्रष्टचारी भएको पनि आरोप लगाए। ‘जनतालाई ढाड सेक्नेगरी कर थोपर्ने र भ्रष्टाचार कसरी गर्ने भन्नेबाहेक अहिलेको सरकारको ध्यान छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार