sajalsandesh

अन्तत : उपेन्द्र यादवले सरकार छाड्ने नै भए

काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठनमा असतुष्टि जनाउँदै समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा अस तुष्टि जनाउँदै सरकार छाड्ने तयारीमा लागेको हो।

प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि यादव रु ष्ट भएका हुन्। मन्त्रिपरिषद् हेरफेर, नयाँ ल्याउँने क्रममा समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादवको पनि पद गएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार नौ मन्त्रीहरु परिवर्तन गर्दै यादवको विभाग हेरफेर गरिदिएका थिए। उपप्रधानमन्त्री यादव विदेश भ्रमण (भारत) मा रहेकै बेला प्रधानमन्त्रीले उनको सरुवा गरेका थिए। उनी भारतबाट शुक्रबार फर्किने कार्यक्रम छ।

ismt college
dish home