नगरकोट सडक-खण्डका कर्मचारी माथी हातपा’त

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपाल सरकार सडक विभागले अन्तिम पटकका लागि थपेको म्याद भित्रनै सडक निर्माण सकिसक्ने भनि दैनिक १८ घण्टा काम गर्दै गरेका AIPL – SCCPL JV का कर्मचारी तथा सवारी चालक माथि भक्तपुर नगरकोट सडक खण्डमा पर्ने खरीपाटी चोकमा गाडी हाकीरहेका उक्त कम्पनीका सवारी चालक अभय खतिवडा लाई ४-५ जनाको एक समुहले म’रणासन्न हुने गरी ज्या’न मार्’ने उदेश्यका साथ हात पात गरिएको छ ।

सवारी चालक अभय खतिवडा लाई म’रणासन्न हुने गरी पि’टेर मात्र नपुगेर उक्त समुहले बा २ क ५००५ नम्बरको गाडीमा समेत तोडफोड गरेको कुरा खरीपाटी प्रहरी प्रभागको प्रहरी सो्रतले वताएको छ ।

यो यही सडकखण्ड हो जुन नेकपाका घरबेटी शारदा प्रसाद अधिकारी को शैलुग कन्स्टक्सन कम्पनीले काम गर्दै आइरहेको छ । कम्पनीले सार्वजनिक व्यक्तव्य प्रस्तुत गर्दै पटक पटक जोडतोडले निर्माण कार्य सचांलन गर्दा उक्त निर्माण लाई समयमानै पुरा गर्न नदिने तत्वले यस किसिमको घ’टना घटाऊनुले निर्माण ढिला हुनुमा निर्माण व्यवसायी मात्र दोषी नभएको जिकिर गरेको छ ।

केहि दिन देखि विभिन्न सचांर माध्यमले दैनिक १८ घण्टा काम गरीरहेको समचार प्रेषित गरेपछि त्यस क्षेत्रमा अमुक लगानीमा भइरहने आन्दोलनकारी स्थानिय होटल व्यवसायीलेनै यस घटना घटाएको हो भनि त्यस क्षेत्रका सो्रतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार