खाली पेटमा यी खानेकुरा खाँदा विष बन्न सक्छ

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संसारका आधाभन्दा बढि मानिस खान नपाएर भन्दा खान नजानेर विभिन्न रोगको शिकार बन्दै आएका छन् । आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरीरमा विषसरह काम गर्ने चिकित्सक बताउँछन्।

स्वस्थ्य जिवनका लागी कुन खानेकुरा कुन समय, कति, कसरी र कस्तो अवस्थामा खाने भन्नेमा ध्यान दिनु एकदमै जरुरी छ। के हुन् त ति खाली पेटमा खाँदा विष बन्न सक्ने खानेकुरा :

दूध चिया : एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थ्यबारे सोच्ने बेला भयो । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ ।

यसको विकल्पमा मनतातो पानी पिउन सकिन्छ । चिया नै नपिई हुँदैन भने ब्ल्याक टि वा ग्रीन टी पिउनु राम्रो हुने चिकित्सकको सुझाव छ ।

केरा : खाली पेटमा केरा खानु हुँदैन । केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सक बताउँछन् ।

बिहानै खालीपेटमा सेवन गरेको केराबाट हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ । परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिन्छ ।

औषधि : खाली पेटमा औषधी खाँदा होसीयार हुनुपर्छ । औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन्छ । केहि औषधी छोडेर प्राय औषधी डाक्टरले पनि खाना खाएपछि खानको लागि भन्नुको कारण पनि यहि नै हो ।

मसालेदार खाना : बिहानै खालीपेटमा मसलेदार, स्पाईसी वा धेरै पिरो खानेकुरा खानुहुन्छ भने स्वास्थमा निकै ठूला समस्या देखिन्छ ।

बिहान तपाईले लिनुभएको यस्तो ब्रेकफास्टले पुरै दिन तपाईको पेटमा एसिडिटी बनाउँछ। चिकित्सक भन्छन्, दिनभरी ड्याउ आउने, अपाच्य भएजस्तो हुने, पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिन सक्छ ।

गोलभेंडा : गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ तर एकबिहानै खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्ने हुन्छ ।

अमिलो फल : खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा, अचार, लप्सी आदि फल खाली पेट खानु हुँदैन । अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बन्छ ।

सखरखण्ड : सखरखण्डमा प्रशस्त प्रोटिन पाईन्छ तर खाली पेटमा यसको सेवन राम्रो नहुने चिकीत्सकको भनाई छ । कारण के छ भने यसमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ । परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुन्छ ।

सोडा : खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ । पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ ।

अल्कोहल : खाली पेटमा अल्कोहल खानु पनि विष सरह हुन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि देखाएका छन् । अझै घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले चिकित्सक भन्छन्, बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ नखानूस् ।

कोल्ड ड्रिङ्स : खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यस्ता पदार्थमा हुने कार्बोनेट एसिड र पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकि हुने, वान्ता हुने, असहज हुने, बारम्बार पाद आउने जस्ता समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार