मूल्य उस्तै भएको भन्दै बेहुलीले सुनको साटो गोलभेडाको गहना लगाइन !

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाकिस्तान – केही दिनयता पाकिस्तानकी एक दुलही सोसल मीडियामा चर्चामा आएकी छिन् । यी युवती यस कारणले चर्चामा आएकि हुन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको गहना लगाएकी थिइन् ।

किन गोलभेडाको गहना लगाएको भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, “आजकल सुनको मूल्यमा धेरै नै वृद्धि भएको छ । गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको छ । त्यसैले आफूले सुनको सट्टा गोलभेडाको गहना लगाएकी हुँ ।”

गोलभेडावाली यी दुलहीको क्लिप पाकिस्तानमा व्यापक चर्चामा आएको छ । उनले हार, चुरा, टिका सबैको गहना गोलभेडाको लगाएकी छिन् ।

भिडियोमा एक न्यूज च्यानलका प्रस्तोताले दुलहीलाई विवाहको बधाइ दिँदै फेरी उनीसँग गोलभेडाको गहना किन लगाएको भनि प्रश्न गरेका छन् । यसको जवाफमा उनले भनिन्, “हाल देशमा गोलभेडाको मूल्य पनि सुनको बराबरीनै चलिरहेको छ । त्यसैले मैले सुनको सट्टा गोलभेडाको गहना लगाउने फैसला गरेकी हुँ ।”

दुलहीले टिभीमा भनेकि छिन् , आफ्नो सबै नातेदारले पनि उपहारमा गोलभेडा पठाएका छन् । आफ्नो देशको अर्थव्यवस्थाको बारेमा बताउदै उनले भनिन् कि मेरो आमा बुवाको घरबाट पनि उपहारमा गोलभेडाले भरिएको ३ सुटकेस पठाउनु भएको छ ।

आर्थिक मन्दीबाट चलिरहेको पाकिस्तानमा गोलभेडाको मूल्य प्रतिकेजी ५१२ रुपैयाँ पुगेको छ । नियन्त्रण बाहिरको महँगाइका कारण गोलभेडा लुटिने सामग्रीको रुपमा परिचिति भएको छ । गोलभेडा खेतीको सुरक्षा मानिसले हतियार लिएर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार