थुनामा राख्ने आदेश विरुद्ध पूर्व सभामुख महराद्वारा उच्च अदालतमा निवेदन

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडांै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराउनु भएको छ ।
महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिनु भएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
एक तह मुनीको अदालतले गरेको आदेश विरुद्ध पुनरावअलोकनका लागि एक तह माथिको अदालतमा आवेदन गर्न पाउनु कानुनी व्यबस्था छ । उहाँलाई डिल्लीबजार कारागारमा राखिएको छ । गोरखापत्रबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार