भारतले भन्यो नक्सामा कुनै परिवर्तन भएको छैन र अब पनि परिवर्तन हुदैन

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – भारतले आफ्नो नयाँ नक्सामा कुनै परिवर्तन नगर्ने पुनः दोहो¥याएको छ ।
नेपालको कालापानी लगायतको भूमि आफ्नो नक्सामा समावेश गरेपछि भारतविरुद्ध प्रदर्शनहरु जारी रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय फौज फिर्ता लैजान सार्वजनिक रुपमै आग्रह गर्नुभएको छ । तर, भारतले आफ्नो नक्सामा कुनै परिवर्तन नभएको भन्दै अब पनि परिवर्तन नहुने बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमा विवादका विषयमा दुबै पक्षका सचिव स्तरीय संयन्त्रले छलफल गर्ने बताउनुभयो । उहाँले भारत छलफलका लागि तयार भएको भन्दै नेपालले चाहेमा जुनसुकै बेला छलफल प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

यस्तै नेपाल–भारत प्रबुद्ध समूह इपीजीको प्रतिवेदन बुझ्न भारत तयार रहेको कुमारले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । उहाँले दुबै देशले बुझ्ने सहमति भए अनुरुप नेपालले बुझे भारत पनि तयार रहेको बताउनुभयो ।

नेपाल–भारतबीच भएका १९५० को सन्धी पुनरावलोकन गर्ने भन्दै दुई देशबीच इपीजी गठनको सहमति भएको थियो । सो सहमति कार्यान्वयन गर्दै दुबै देशका अधिकारीहरु सम्मिलित इपीजी गठन भएको थियो । इपीजीले आफ्नो प्रतिवेदन तयार पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार