मन्त्री पदबाट हटाइए पछी गोकर्ण विष्टले दिए यस्तो प्रतिक्रिया

२०७६ मंसिर ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद्बाट केही मन्त्रीलाई हटाउँदै नयाँ मन्त्रीहरु नियुक्त गरेपछि कतिपय नेताहरुलाई चित्त बुझेको छैन । काम गरे अनुसार जस नदिइएको केही मन्त्रीहरुको आरोप रहेको छ । तर, श्रममन्त्री गोकर्ण विष्टले आफुले मन्त्री भइन्जेल इमानदारीपुर्वक ज्यामी माहुरीले जस्ते काम गर्ने प्रयास गरेको बताएका छन् ।

उनले फेसुबकमा लेखेका छन्,‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ । वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु । थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद’

विष्टलाई हटाएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा ओली सरकारले रामेश्वर राय यादवलाई मौका दिएको छ । यादवले बिहिबार नै मन्त्रीपदको सपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार