जाडोमा यी ५ कुरामा ध्यान दिनुस

२०७८ पुष २२, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जाडो मौसममा अधिकांश मानिसहरु अल्छी बन्दछन् । जसका कारण कतिपय अवस्थामा जानाजान विभिन्न स्वास्थ्य समस्या निम्तने गर्दछ । यो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो लगायतका समस्या र अन्य प्रभाव देखिनु सामान्य हो । तर केही रोग भने हाम्रो गल्तीका कारणले निम्तिने गर्दछन् । के हुन् त ती गल्ती ?

१. कम मात्रामा पानी पिउनु

गर्मी मौसमको तुलनामा जाडोमा कम तिर्खा लाग्दछ । तर, जाडोमा पनि हाम्रो शरीरमा गर्मीमा झै उही मात्रामा पानीको आवश्यकता पर्दछ । यस्तोमा जाडोमा समेत दैनिक दुई लिटरभन्दा बढि पानी पिउन आवश्यक हुन्छ । अन्यथा डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्नेलगायत समस्या उत्पन्न हुन्छ ।

२. बढी मात्रामा लुगा लगाउनु

जाडो मौसममा न्यानो हुने नाममा मानिसहरु अनेकथरी मोटा ज्योकट, स्वेटर र अन्य बाक्ला लुगा लगाउँने गर्दछन् । तर, धेरै लुगा लगाउनु जाडोबाट बच्ने प्रभावकारी उपाय भने होइन । बरु उल्टै मोटो लुगाका कारण गर्मी भई पसिना आउन सक्छ र यसले शरीरलाई झन् चिसो बनाउँछ । तसर्थ ठिक्क न्यानो हुने भन्दा बढि लुगा लगाउनु हुदैन ।

३. पञ्जा र मोजाको बढि प्रयोग

जाडोबाट बच्न हातमा पञ्जा र खुट्टामा मोजा लगाउनु पक्कै नराम्रो होइन । तर, जाडोबाट बच्न यसरी पञ्जा र मोजा लगाउँदा मौसमसँग अभ्यस्त हुन हात र खुट्टाले पाउदैन । तसर्थ जाडोमा मोजा वा पञ्जा लगाएर सुत्नु हुदैन । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ ।

४. बढि खाना खाने

जाडो मौसममा खानामा रुची हुन्छ । यस्तोमा मानिसहरु बढि मात्रामा खाना खाने गर्दछन् । केहि मानिसहरु जाडोबाट बच्न मीठो, बढी चिल्लोयुक्त, प्रोटिनयुक्त र जंक फुड खाने गर्दछन् । यस्तोमा बढि खाना र कम शारीरिक गतिविधिका कारणले शरीरमा मोटोपना र अल्छिपना बढ्दछ ।

५. बढी मात्रामा सुत्ने

जाडोयाममा मानिसलाई अन्य मौसमको भन्दा बढि निन्द्रा पर्ने गर्दछ । चिसोका कारण स्वभावतः यो मौसममा बढि निन्द्रा आउने गर्दछ । तर बढि मात्रामा सुत्नाले शरीरमा बिभिन्न समस्याहरु देखा पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार