‘ए’ डिभिजन लिग फुटबल : आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ ।

काठमाडाैंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । फ्रेन्ड्स क्लब र थ्री स्टारबीच हुने पहिलाे खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । त्यस्तै आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब खेल्दैछन् ।

सातदोबाटो र एपीएफबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । फ्रेन्ड्स दुई खेलमा १ अङ्कका साथ दशौँ स्थानमा रहेको छ ।

थ्री स्टारको दुई खेलमा ३ अङ्क छ । थ्री स्टार अङ्कतालिकामा सातौँ स्थानमा छ । त्यस्तै सातदोबाटो दुई खेलमा ४ अङ्कका साथ छैटौँ र अङ्कविहीन रहेको एपीएफ १३ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार