विवादित छवि बनाएर सरुवा भए गौरादह प्रहरी प्रमुख !

२०७८ मंसिर २, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा : विवादित छवि बनाएका इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रहरी नायव निरीक्षक रमेशकुमार मेहेताको सरुवा भएको छ । गौरादह आएको केवल १० महिनामा उनको सरुवा भएको हो । असुली धन्दा, घुमुवा प्रहरी खटाएर स्थानीय व्यापारीलाई सास्ती दिएको, पैसा लिएर जुवाडेलाई छाडेको जस्ता उनी माथी आरोप थियो ।

१० महिना अवधिमा मेहताले शान्ति सुरक्षा कायम गर्ने भन्दा खल्बलाउने काम बढी गरे । गत वर्षको पौष महिनामा ईलाका प्रहरी कार्यालय गौरादहको प्रमुख भई आएका मेहता सधैं बर्दीको दूरुपयोग गरेको भनेर आलोचित भए । कहिले व्यवसायी माथी कुटपिट गर्ने त कहिले घुमुवा प्रहरी परिचालन गरि असुली धन्दा चलाउने उनको दैनिकी नै बन्यो ।

एक ब्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने होटलमा खाजा खाइरहेको ब्यापारीलाई बियर किन्न लगाउने र अन्त्यमा त्यो बियर त्यही होटल सञ्चालकलाई बिक्री गरेर हिडेको सम्म भेट्यौं ।

मेहेताको कार्यकालमा घुमुवाको प्रहरीको यति बिगबिगी भयो कि बिहान देखि साँझसम्म खाजा खान आएका भिआईपी र ब्यापारीसँग एक, दुई बोतल बियर किन्न लगाएर अन्तिममा त्यहीँ बिक्री गरेर नगद लगेको धेरै पटक फेला पारेको थियो । त्यति मात्र होइन, जुत्तापसल,कपडा पसल ,खाद्यान्न पसल जहाँ पनि उनको यस्तै धन्दा चलेको थियो । घुमुवा परिचालन गर्ने र साना साना विषयमा समस्या देखाएर बार्गेनिङ गर्ने उनको बानी थियो ।

समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा प्रहरीको हो । प्रहरी देखेपछि चोर, डाका र फटाहाहरू भाग्नुपर्ने हो तर, प्रहरीले नै समाजमा वितण्डा मच्चाएपछि भन्न कहाँ जाने ? मेहेताको कार्यकालमा गौरादहबासीहरू प्रहरीको घुमुवासँग हैरान भएका थिए ।

कमाउ धन्दामा लागेका मेहता सामान्य घटनाको विषयमा फोन गर्दा समेत जिल्ला प्रहरी प्रवक्तालाई सम्पर्क गर्न लगाउने गर्थे ।

पटक पटक बिबादमा परेका उनी आफू प्रति लागेका आरोपहरू इलाका प्रहरी कार्यालय गौरादहको फेसबुक पेजबाट खण्डन गर्थे ।
स्थानीय सामुदायिक विद्यालयमा साइबर अपराध सम्बन्धि अनुशिक्षण सञ्चालन गरेका मेहेता आत्महत्या गरेका मानिसको तस्विर आफै सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्थे ।

आफ्नो फेसबुक पेजबाट आफ्नो गतिविधि पोष्ट गर्ने प्रहरी नायब निरीक्षक मेहताको मपाइत्वले हैरान भएका गौरादहबासीले अब शान्ति सुरक्षा पाउँछन् कि ?
मेहेताको सरुवा भएसंगै गौरादह प्रहरी प्रमुखका रुपमा रमेश वन आएका छ्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार