sajalsandesh

महागुरु फाल्गुनन्दकाे यात्रा: विश्वयुद्धकाे लडाइँदेखि समाज सुधारकसम्म

काठमाडौं / आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती । किरात धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए । उनको न्वारनको नाम भने नरध्वज लिङ्देन हो ।

समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो । साथै, सरकारले उनको फोटो अंकित हुलाक टिकटसमेत प्रकाशन गर्दै आएको छ । किरात धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ ।

आज प्रदेश १ का अधिकांश स्थानमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती धुमधामका साथ मनाइन्छ । देशभर तथा भारतका सिक्किम, दार्जिलिङसम्म विभिन्न कार्यक्रमको आयोजना गररी फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।

उनले किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । समाज सुधारका निमित्त फाल्गुनन्दले नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ २४ वैशाख १९८८ मा पारित भएको थियो ।

समाज सुधारका लागि उनले जारी गरेको सात बुँदे ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उनको जन्मस्थान चुक्चिनम्बा भए पनि ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमिको रूपमा फक्ताक्लुङलाई लिइन्छ ।

उनले दोस्रो विश्वयुद्धमा भारतीय सिपाही (इण्डियन लाहुरे) बनेर युद्ध लडेका पनि बताइन्छ । युद्धबाट फर्किएर पछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाइन्छ । फाल्गुनन्दको निधन २२ चैत २००५ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।

ismt college
dish home