बुधबारको राशिफल

२०७८ कार्तिक १७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

आजको पन्चाङ्ग : १७ कात्तिक। कार्तिककृष्णपक्ष त्रयोदशी तिथि । तद्अनुसार नोभेम्बर महिनाको ३ तारिक बुधबार । काग र कुकुर तिहार आज । आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ ।

काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई हामीले बर्षमा एकदिन भएपनि पूजा गर्ने गरिन्छ । सबै पक्षीमध्ये चेष्टा राख्ने भनेको काग हो । त्यसैले भनिन्छ, विद्यार्थीमा पनि कागको जस्तो अध्ययन गर्ने चेष्टा हुनुपर्छ ।

गृह अर्थात् घरको सुरक्षा र रक्षा गर्ने कुकुर हो । त्यसैले सहरमा अहिले कुकुर पाल्ने चलन बढेकाे छ । कुुकुर पनि यमराजको भक्त हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । अपराधकाे अनुसन्धान र अध्ययन अनुसन्धानको काममा पनि कुकुरको प्रयोग गरिन्छ । गृह र देशको रक्षाका काममा कुकुरको आवश्यकता बढ्दो छ । त्यसैले हरेक वर्ष एकदिन भए पनि कुकुरको पूजा गर्ने गरिन्छ ।

यसपटक काग र कुकुरको पूजा एकैदि न परेको छ । तिथिका कारणले यस्तो हुन गएको हो ।

बिहीबार लक्ष्मीपूजा अर्थात तिहारको मुख्य दिन भएकाले आजदेखि सबैले आफ्नो घर सफा गर्ने, घरभित्र रहेको मन्दिरका सजावट गर्ने र घरमा दिपमालिका गर्ने गरिन्छ ।

आज बिहान सूर्योदय ६ः१७ मा र सूर्यास्त १७ः१७ मा हुनेछ । यमपञ्चक भएकाले दिन विशेष र शुभ मानिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकका लागि मनमा प्रसन्नता छाउने छ । परिवारमा आत्मियता, सुख र समृद्धि हुने खालका कार्य हुनेछन् । व्यापारबाट आय र मनले सोच अनुसारको काम हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नु बेस हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन यात्रा गर्दा अनेक समस्या हुनेछन् । मनमा अशान्त र आर्थिक भार र निराशासनक सोचका कारण तपाईँको आजको दिनमा चिन्ता हुने भएकाले बृष राशिका जातकले कम बोल्ने र आफ्नो नियमित कामबाहेक अन्य काममा बढी चासो नराख्नु बेस हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्छन् त्यसैले आफन्तजनसँग सम्बन्ध विस्तारको लागि पहल गर्नुहोला । आजको दिन एकाग्रता राख्नु र कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । तपाईँलाई दोष दिइनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकका लागि आजको दिन सुख आनन्द प्राप्त हुनेछ । आभुषण खरिद, नयाँ बस्त्र खरिद गर्दा समेत शुभ हुनेछ । व्यवसायमा लगानी गर्दासमेत उचित प्रतिफल प्राप्त हुनेछ । छोटो दूरीको यात्रा र आफन्तजनको आकस्मिक साथ सहयोग मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

खर्च, र अनावश्यक दुःख कष्ट भोग्नु पर्ने छ । मनमा चिन्ता र भयको डर हुनेछ । आफन्तजन र परिवारमा कलहको वातावरण हुनेछ । कलहको औषधि भनेको मौन हो । त्यसैले सिंह राशिका व्यक्तिले आजको दिन मौन रहनु नै भलो हुनेछ । अध्ययनको काममा लाग्दा तपाईले सोच अनुसारको प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन यात्राको लागि उत्तम छ । कन्या राशिको जातकका लागि आजको दिन निकै शुभ छ । किनकी चन्द्रमाको साथ छ । आज चन्द्रमा कन्या राशिमा परिक्रमा गरिरहेको हुनाले पनि आजको दिन तपाईँले जे काम गर्दा पनि सफलता प्राप्त हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । अनावश्यक यात्रा र आर्थिक भार पर्ने काम नगर्नुहोला । समय अनुकुल नभएको हुनाले आजको दिन खर्च हुने काम कम गर्ने र आफनो नियमित काम मात्र गर्दा बेस हुनेछ । भोलि तुला राशिमा चन्द्रमा प्रवेश हुने भएकाले आज एक दिनको धैयताले तपाईलाई निकै राम्रो हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

स्त्रीजनको सल्लाहअनुसार काम गर्दा आजको दिन वृश्चिक राशिका जातका लागि भलो हुनेछ । व्यापार ब्यबसायमा मनग्ये लाभ हुनेछ । सन्तान र आफन्तजनले साथ सहयोग दिनेछन् । मित्रमण्डलीसँग कुनै विषयमा विवाद नगर्नुहोला । सद्भावपूर्ण व्यबहारबाट काम गर्दा आजको दिनमा सफलता हात लाग्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशिको जातकले घरबाट बाहिर निस्कदा विचार पुर्‍याउनु होला । यात्रा गर्दा बाधाकष्ट हुनसक्छ । परिवारमा कलह हुनसक्ने छ । आफूले सम्मान गर्ने उच्च व्यक्तित्वसँग भेटवार्ता र आशिर्वाद प्राप्त गर्दा दिन सफल हुनेछन् । आफूले मान्नुपर्ने उच्चतहका व्यक्तिको निर्देशनअनुसार काम गर्दा दिन सफल हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मानसिक चिन्ता, व्यापारव्यवसायबाट सोचअनुसारको काम नहुँदा मनमा चिन्ता र भय हुनसक्छ । तर आजको दिने मेरो लागि सामान्य हो भनेर बुझेर काम गर्दा मकर राशिका जातकहरुले आजको दिन मठ मन्दिरको दर्शन र केही बटुक र भोका व्यक्तिलाई दान गर्दा नसोचेको फलप्राप्ति हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति बाधा उत्पन्न हुनेछ । यात्राबाट हानी र आफन्त र मित्रमण्डलीहरुले अनावश्यक दोष र साथ सहयोग पनि नहुनसक्छ । साँझको समयमा दीप प्रज्‍ज्वलन र कुनै मन्दिरमा बिहानै गएर दीप प्रज्ज्वलन गर्दा कष्ट कम हुनसक्छन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

व्यापारव्यवसायबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुखप्राप्ति, स्वास्थ्यमा अनुकूलता र आकस्मिक लाभ हुने सम्भावना पनि छ । आजको दिन मौन र बिहान सूर्योदयको दर्शन गर्दा तपाईँमा उर्जा र उत्साह प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्यमा तपाईँले गर्नुभएको कार्यमा पनि सफलता प्राप्त हुनेछ । आज एउटा नयाँ पुस्तक खरिद र पढ्न शुरुवात गर्दा बृहस्पति बलियो हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार