sajalsandesh

बुर्किना फासोमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

बुर्किना फासोको डम्बम गाउँमा सोमबार बन्दुकधारीहरूले कम्तीमा १० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य चार जनालाई अपहरण गरेको आधिकारिक समाचार एजेन्सी एआईबीले मंगलबार जनाएको छ।

एआईबीले जनायअनुसार अज्ञात बन्दुकधारीहरूले सोमबार बिहान नाइजरसँगको सिमानाबाट करिब १६ किलोमिटर टाढा डाम्बम मार्कोये कम्युनको बासिन्दालाइ आक्रमणको निशाना बनाएका थिए।

एआईबीले बुर्किना फासोको सशस्त्र सेनाले यस क्षेत्रमा द्रुत कारबाही शुरु गरेको बताइएको छ । डम्बमका बासिन्दाहरू प्रत्येक सोमबार पैदल, ट्राइसाइकल वा गाडामा गाईवस्तु बेच्न मार्कोये बजार जाने गर्छन्।

ismt college
dish home