आजको राशिफल : कात्तिक १५ गते, सोमबार

२०७८ कार्तिक १५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

आज मिति २०७८ साल कात्तिक १५ गते सोमबार । इश्वी सन् २०२१ नोभेम्बर १ । शकसंवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा । राक्षस दक्षिणयन । शरद । कात्तिक कृष्णपक्ष । तिथि एकादशी , ९ : ३० बजे उप्रान्त द्वादशी । नक्षत्र पूर्वफाल्गुनी, १० :१६ बजे उप्रान्त उत्तरफाल्गुनी । योग ऐन्द्र १९ :४८ बजे उप्रान्त वैधृति । करण वालव ९ :३० बजेदेखि कौलव , २१ :०५ बजे उप्रान्त वण्जि । चन्द्रराशि सिंह । आनन्दादि योग ध्वज । दिनमान २७ :३७ सुर्योदय ६ :१५ सुर्योस्त १७ :१८ ।

मेष : अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आर्थिक अभावका कारण व्यपार व्यवसायमा समस्या आउने प्रेमभाव जाग्रित हुनेछ ।

वृष : पारिवारिक सुख तथा भेटघाटमा व्यस्त भइनेछ । मध्यान्ह देखि स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । अध्ययन क्षेत्र राम्रो रहनेछ ।

मिथुन : कार्यक्षेत्रमा निकै व्यस्त भइनेछ । अफन्तमा दुःखद् घटनाको समचार सुन्नु पर्नेछ । आर्थिक लेनदेन गर्दा विचार गर्नुहोला ।

कर्कट : स्वास्थ्यका कारण महत्वपूर्ण कार्य रोकिनेछ । खानपिनमा विशेष ध्यान दिनुपर्छ । अध्ययनको लागि यात्रा गरिनेछ । प्रेम प्रेमिका विच विवाद उत्पन्न हुनेछ।

सिंह : घर तथा जग्गामा लगानी गरिनेछ । नयाँठाऊको अवलोकन गरिनेछ । विद्यार्थी वर्गको लागि शुभ रहनेछ । कार्यक्षेत्रमा कम झुकाव हुनेछ।

कन्या : मनमा अनेक कुरा तथा चिन्ताले गर्दा अध्ययन तथा कार्यमा समस्या आउनेछ। रोकिएका काम बन्नुका साथै आर्थिक सुधार हुनेछ । बुवा आमाको सेवा गर्नुहोला।

तुला : बोलीको प्रभाव बढ्नेछ । आर्थिक(सामाजिक अवस्थामा सुधार आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको संगत तथा मिलनले नयाँ कार्यको थालनि गरिनेछ।

बृश्चिक : सामाजिक तथा पारिवारिक कार्यमा समय व्यतित हुनेछ । नसोचेको यात्रा गर्ने अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट गर्ने कार्यक्रम हुनेछ ।

धनु : प्रेम मिलन हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । घर जग्गा प्राप्त हुने सम्भावना रहेकोछ ।उच्च पदस्थ व्यक्तिसँग चिनजान हुनाले कार्य गर्ने हिम्मत बढ्नेछ ।

मकर : आकास्मिक आर्थिकलाभ प्राप्तहुनेछ । प्रेमप्रेमिका विच विवाद मिलेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । सन्ध्याकालमा पेटसम्बन्धी समस्या आउनेछ ।

कुम्भ : रोकिएका कामहरु बन्ने छन् आर्थिक क्षति हुने हुदा निकै विचार गरेर कारोवार गर्नहोला राजनैतिक क्षेत्र सुधार हुनेछ स्वास्थ्यमा सुधार आउनेछ ।

मीन : बोलीको माध्यमले धेरैलाई उछिन्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने सम्भावना रहेकोछ । भने प्रेम सम्बन्ध अगाडी बढ्नेछ । पारिवारिक किचलो बढ्नेछ ।

अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क : ९८४१७९६७८८


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार