sajalsandesh

गौरादह वाईसीएल इन्चार्ज पक्राउ

नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा बम राखेको छ भनी अफवाह फैलाउने गौरादह नगरका वाईसीएल इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने गौरादह नगरपालिका- ३ निवासी धर्म चौहानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । चौहान माओवादी निकट वाईसीएलका गौरादह नगर इन्चार्ज हुन् । उनलाई इटहरीबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

उनले आफ्नो फेसबुक आइडीमार्फत – ‘गौरादह नगरपालिका- ५ स्कुलचौनमा केपी ओलीद्वारा उद्घाटन गर्ने नमुना पाहुना गृह परिसरमा सामान्य कुकर बम फिट गरिएको हुदा कोहि पनि स्थानीय नागरिक सो स्थानमा नजानुहुन् अनुरोध गरिन्छ ।’ भन्दै फेसबुक पोष्ट गरेका थिए । 

पुर्व प्रधानमन्त्री ओलीले हिजो सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र न. ५ को भ्रमण गरेका थिए । झापा प्रहरीले बताए अनुसार चौहानलाई ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

चौहानको फेसबुक स्टाटसलाई पत्याउदै झापा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न ओली भ्रमण स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै कुकुर समेत परिचालन गरेको थियो ।

आवेकमा आएर फेसबुक पोष्ट

माओवादी निकट वाईसीएल नगर अध्यक्ष धर्म चौहानले आवेकमा आएर फेसबुक स्टाटस लेखेको प्रहरीसमक्ष बताएका छन । ओलीप्रतिको ‘नफरत’ कै कारण सो फेसबुक स्टाटस लेखेको उनले प्रहरीसामु बके । स्टाटस लेखेको केहि समयमा नै उनले आफनो फेसबुक आईडी कसैले ‘ह्याक’ गरि सो लेखेको भन्दै बचाउ गर्ने कोशिस गरेको प्रहरी स्रोतले बतायो । सो स्टाटस केहि समयमा नै उनले हटाएका थिए ।

ismt college
dish home