sajalsandesh

एमालेको पालिका अधिवेशन आज, थापाथलीबाट ओलीले भर्चुअल उद्घाटन गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दैछ ।

गत शनिबार वडा अधिवेशन गरेको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय वार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन् ।

ismt college
dish home