sajalsandesh

मधेशलाई सबै राजनीतिक दलहरुले कमाइ खाने भाँडो बनाए : सिके राउत

काठमान्डौ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई अहिलेसम्म सबै राजनीतिक दलहरुले कमाइ खाने भाँडोको रुपमा प्रयोग गर्दै आएको आरो०प लगाएका छन्।

राउत नेतृत्वको जनमत पार्टीद्वारा मंगलबार महोत्तरीको पिपरा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै डा. राउतले अहिलेसम्म विजय भएका राजनीतिक दलका प्रतिनिधिहरुले मधेशलाई बासमती चामल र रहु माछा आयात गर्ने ठाउँको रुपमा मात्रै प्रयोग गर्दै आएको आरो०प लगाए।

उनले भने ‘जनताले अहिलेसम्म जिताएका सबै राजनीतिक दलहरुले मधेशमा शासन गर्ने काम मात्रै गरेका छन्, कुनै पनि दलले मधेशको विकासका लागि केही गरेका छैनन् मधेशलाई रहुँ माछा र बासमती चामल उपलब्ध गराउने एउटा भण्डारको रुपमा मात्रै हेर्दै आएका छन्।’

उनले जनताले मत दिएर विजय बनाएको मधेशवादी दल नेतृत्वको प्रदेश दुईको सरकार समेत त्यसमा पछाडी नरहेको आरो०प लगाए।

चुनावी सभालाई सम्बोधनको क्रममा राजपा नेपालतर्फ ईंगित गर्दै डा राउतले अगाडि भने ‘जहाज उडाउने काम पाइलटले मात्रै गर्न सक्छ, पाइलट मरे उनको स्थानमा अर्को पाईलट ल्याइन्छ, उनको श्रीमतीलाई होइन, यदि श्रीमतीले जहाज उडाइन् भने जहाज दुर्घटनाको विकल्प नै हुँदैन, राजनीतिमासमेत त्यही लागु हुन्छ,नेता मरे अर्को नेताको विकल्प रोज्नुपर्छ सेन्टीमेन्टमा बग्नु हुँदैन।’

राजपा नेपालबाट विजयी भएका अध्यक्ष विनोद चौधरीको निधन भएपछि रिक्त भएको उक्त पदका लागि आउँदो मंसिर १४ गते उपनिर्वाचन हुन लागेको छ।

जसका लागि स्वर्गीय चौधरीकी पत्नी रविता चौधरीले समेत उम्मेदवारी दिएकी छिन्।

ismt college
dish home