sajalsandesh

एसियन कप छनोटमा राम्रो नतिजाका लागि तयार छौँः मुख्य प्रशिक्षक महर्जन

एजेन्सी । नेपाली २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा राम्रो नतिजा निकाल्न टोली तयार रहेको बताएका छन् ।

ताजिकिस्तानमा आज आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले विपक्षी टोली राम्रो भए पनि आफूहरूले राम्रो नतिजाका लागि सक्दो प्रयास गर्ने बताएका हुन् ।

तर, साफ च्याम्पियनशिपका कारण टोलीले पर्याप्त तयारी गर्न नसकेको उनको भनाइ छ । कप्तान तथा गोलकीपर अर्पण कार्कीले अहिलेसम्मको तयारी राम्रो रहेको र प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।

छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा भोलि मङ्गलवार इरानसँग खेल्दैछ ।

यसअघि गएको शुक्रवार नेपाली टोलीले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल इन्डोनेसियासँग २-०ले पराजित भएको थियो ।

ismt college
dish home