थप ५५७ जनामा कोरोना, ८७७ संक्रमणमुक्त

२०७८ कार्तिक ७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, कात्तिक ७ । आज नेपालमा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन् । हाल देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। देशभर २२० जना क्वारेन्टाइनमा रहेको र २४ घण्टामा देशभर ७ हजार ५७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार