sajalsandesh

झापाको एनएमसी डेरीको घ्यूमा प्लास्टिक र ‘अखाद्य’ सामग्रीका टुक्राहरू (भिडियोसहित)

झापाको मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले सञ्चालन गरेको एनएमसी डेरीको घ्यूमा प्लास्टिक र अखाद्य सामग्रीका टुक्राहरू फेला परेको उपभोक्ताले गुनासो गरेका छन् ।

झापा मेचीनगरकै उपभोक्ता अनुश कश्यपले असोज २९ गते शुक्रबार किनेको नौनी घ्यूमा प्लास्टिक भेटिएको हो । ती उपभोक्ताले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर एनएमसी डेरीको घ्यूमा प्लास्टिक भेटिएको बताएका हुन् ।

घ्यू तताएपछि घ्यूमा प्लास्टिकसँगै केही अखाद्य वस्तुको टुक्राहरू पनि भेटिएको ती उपभोक्ताले बताएका छन् ।

‘हामी एनएमसीको सदस्य पनि हौं, घरमा एनएमसीको स्टिकर पनि टाँसेको छ, एनएमसी डेरी शुरु भएदेखि नै घ्यू प्रयोग गरेको पनि हो, तर यस पटक नौनी घ्यूमा प्लास्टिक भेटियो, बिलौनीमा स–साना टुक्राहरू पनि भेटिएको छ,’ उनले भने ।

यसैबीच, डेरी व्यवसाय प्रमुख नवराज अधिकारीले एनएमसी डेरीबाट उत्पादित घ्यूमा त्यस्तो कुनै मिसावटको सम्भावना नरहेको बताएका छन् । घ्यू प्याकिङ गर्दा दुई तहको प्लास्टिक प्रयोग हुने बताउँदै अधिकारीले पहिलो तह मात्रै हटाएर तताउँदा प्लास्टिक भाँडोमा परेको हुन सक्ने उल्लेख गरे ।

‘एनएमसी डेरीको घ्यूमा प्लास्टिक भेटियो भन्ने कुरा सुनियोजित हो, हामी कन्फिडेन्ट छौं, हाम्रो मार्केट बढ्दो क्रममा छ, नचाहिँदो कुरालाई प्रचार–प्रसार गरेको हुन सक्छन्, गुणस्तर जाँच गर्दा हुन्छ,’ अधिकारीले भने ।

ismt college
dish home