नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

२०७८ आश्विन २८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाली टोलीलाई बधाई तथा फाइनल खेलका लागि शुभकामना दिएनुभएको हो ।

प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् भन्नुभएको छ,’ साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु’।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार