sajalsandesh

ओली भावुक बन्दा मन्त्रीहरु स्तब्ध

काठमाडौं – आफूले मन्त्रीपरिषद पुनर्गठन गर्न लागेको जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वर्तमान मन्त्रीपरिषदको अन्तिम बैठकमा हिजो (मंगलबार) साँझ ६ बजे प्रधानमन्त्री भावुक हुँदा बैठकमा सहभागी मन्त्रीहरु स्तब्ध हुन पुगेका थिए ।

करिब आधा घण्टा चलेको उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मँ ओलीले मन्त्रीहरुले गरेको काम र आफूलाई गरेको सहयोग गरेको प्रति धन्यवाद दिँदै मन्त्रीपरिषद पुनर्गठन गर्ने निष्कर्षमा पुगेको जानकारी गराएका थिए ।

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले यस सम्बन्धी जानकारी दिँदै द नेपाल टप डट कमसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले पुनर्गठन तयारीबारे मन्त्रीपरिषदलाई जानकारी गराएको बताए ।

यस क्रममा प्रधानमन्त्री ओली निकै भावुक शौलीमा प्रस्तुत भएका थिए । ओलीले आफ्नो स्वास्थ्यस्थितिका विषयमा वर्णन गर्दै सरकारलाई थप गतिशिल बनाउने र जन चाहना अनुरुप प्रभावकारी एवं परिणाममुखी कामका लागि आफूले मन्त्रीपरिषद पुनर्गठन गर्न लागेको बताएका थिए ।

ismt college
dish home