sajalsandesh

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर झापाको कमल गाउँपालिका वडा न. १ का जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार वडा कार्यालयमा भएको कार्यक्रममा वडाअध्यक्ष केदार कटुवालले दशैँजस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व काय गर्न सहयोग पुगेको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी कामना गर्नुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा वडाअध्यक्ष कटुवालले निजि खर्चमा `कमल गाउँपालिका वडा न.१´ अंकित टिसर्ट कर्मचारी र वडासदस्यहरुलाई प्रदान गर्नुभएको थियो ।

वडाअध्यक्ष कटुवालले कोरोना संक्रमणको जोखिम कायम रहेकाले सबैमा सचेत हुन् र स्वास्थ्यका मापदण्ड अबलम्बन गर्न आग्रह समेत गर्नुभएको छ ।

ismt college
dish home