हत्यामा संलग्न लिम्बू पक्राउ

२०७८ आश्विन १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ पक्राउ गरेको हो ।

लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेका जनाइएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार