साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

२०७८ आश्विन १८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ ।

यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पाखा लगाएको थियो ।

खेलअघि प्रि–म्याच पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले श्रीलंका बलियो टोली रहेको र सचेत भएर ३ अंकका लागि खेल्ने बताएका छन् ।

कप्तान किरणकुमार लिम्बुले ९० मिनेट मिहिनेत गर्दै ३ अंकका लागि खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार