sajalsandesh

मञ्जुलको ‘जीवन गीत’ साईप्रसमा छायांकन

काठमाडौं । चर्चित गायीका मेलिना राई र गायक मञ्जुल मितेरीको स्वरमा ‘जीवन गीत’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक मञ्जुल मितेरीकै शब्द, संगीत रहेको गीतमा बादल लिम्बूको संगीत संयोजनको रहेको छ ।

गायक मितेरी हाल जापानमा रहेर बिश्वकै सबैभन्दा बिशाल बुद्धमूर्ति समेत बनाईरहेका रहेका छन् ।

एएसए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक उक्त भिडियो सरिता लिङ्देनले निर्देशन गरेकी हुन् भने आना होन्छेनले छायांकन गरेका छन् ।

जीवन दर्शनको परिभाषा बोकेको यस गीतमा आरोशी थापा र दीपेश मगरले स्क्रीन शेयर गरेका छन् ।

यस गीतमा परिभाषित गरिएको जीवनका सारहरुलाई दर्शाउन खोजिएको भिडीयोकी निर्देशक सरीता लिङ्देन बताउछिन् ।

ismt college
dish home