खेम भण्डारीले भोगे ‘तु’च्छ सजाय’, एक रुपैयाँ ज’रिवाना र एक घण्टा जे’ल ! (भिडियो)

२०७६ मंसिर ४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४५८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ :

१. कञ्चनपुरकी निर्मला पन्त प्रकरण– खेम भण्डारीले भोगे ‘तुच्छ सजाय’

कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पत्रकार खेम भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा कारागार बसी कैद सजाय भुक्तान गरेका छन् ।

गत असार ३१ गते कञ्चनपुर जिल्ला अदालतले अदालतका मानहानी गरेको मुद्धामा दिएको आदेश अनुसार भण्डारीले मंगलबार अपरान्ह ३ः५५ देखि ४ः५५ सम्म जिल्ला कारागारमा कैदीका रुपमा बसेर सजाए भुक्तान गरेका हुन् ।

निर्मला पन्त प्रकरणमा अदालतमा विचाराधीन मुद्धामा सामाजिक सञ्जालमा रहस्यमय घटनाका रुपमा रवाफ फैलाएर अदालतको मानहानी गरेको भन्दै कञ्चनपुर जिल्ला बारले असारमा मुद्धा हालेको थियो ।

२. ठमेलकै सडकमा ट्राफिक लाइट नहुदा बाटो काट्न पर्यटकलाई समस्या

काठमाडौं । पर्यटन बर्ष २०२० सुरु हुनै लागेको छ । ठूलो संख्यामा बिदेशी पर्यटक भित्र्याउने उदेश्यले प्रचार प्रसारका लागि सरकारी तथा निजी निकायबाट कामहरु भइहेका छन् ।

पर्यटकको पहिलो पाइला पर्ने काठमाडौंका सडकको अवस्थाले भने पर्यटकलाई अत्तालिने बनाउँछ । पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको ठमेल जाने सडकमा बाटो काट्न पर्यटकहरुलाई सास्ती हुन्छ । बाटो काट्न ट्राफिक लाइट नभएपछि अत्तालिदै बाटो पार गर्न बाध्य छन् पर्यटकहरु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार