नगरपालिकाले चार पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता गर्न महालेखाकाे निर्देशन

२०७८ भाद्र ३०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सप्तरीको कञ्चरुप नगरपालिकाले पत्रकारलाई वितरण गरेको ल्यापटप फिर्ता लिन महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा कंचनरुप नगरपालिकाले २ लाख ४३ हजार खर्चेर स्थानीय चार पत्रकारलाई ल्यापटप वितरण गरेको थियो।

पालिकाको सम्पत्ति बाहिर उपयोग गर्न दिन नमिल्ने भन्दै फिर्ता लिएर नगरपालिकाको आम्दानीमा बाँध्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले जानकी ट्रेडर्सबाट चार थान ल्यापटप किनेर पत्रकारलाई दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार