विश्वव्यापी तापक्रम बढेको बढ्यै, वैज्ञानिक भन्छन्– जुनसुकै बेला जुनसुकै स्थानमा ५० डिग्री नाग्छ

२०७८ भाद्र २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन् । तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती थपेको उनीहरुको भनाई छ ।

सन् १९८० पछि ५० डिग्री सेल्सिय भन्दाबढी तातो हुने दिन हरेक दशक बढिरहेको छ । सन् १९८० देखि सन् २००९ को अवधिमा औषतमा एक वर्षमा ५० डिग्री वा सो भन्दा बढी तापक्रम पुग्ने दिनको संख्या १४ रहेको थियो । तर, सन् २०१० देखि सन् २०१९ को अवधिमा यो संख्या २६ पुगेको छ । यो अवधिमा ४५ डिग्री र यो भन्दामाथिको तापक्रम वर्षमा ३१ दिन पुगेको छ ।

‘तापक्रम वृद्धिको मुख्य कारक कोइला र ग्यास हो,’ युनिर्भसिटी अफ अक्सफोर्डका वातावरण परिवर्तसम्बन्धी सहनिर्देशक डा. फ्रेडराइक ओटो भन्छन् । सम्पूर्ण पृथ्वी नै तातेपछि तापक्रम बृद्धि सामान्य मानिन थालिएको छ ।

उच्च ताप मानिस र प्रकृतिका लागि घातक मानिन्छ । यसले मानिसबाहेक भौतिक संरचना, सडक र उर्जा प्रणालीमा नै असर गर्छ । मध्यपूर्व र खाडी मुलुकमा सामान्यतया ५० डिग्री सेल्सिय तापक्रम हुन्छ । इटाली र क्यानडामा अहिलेसम्मकै तापक्रमबृद्धिपछि जुनसुकै दिन ५० डिग्री सेल्सिय माथिको तापक्रम जहाँसुकै हुन सक्ने वैज्ञानिकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार