घरेलु मैदानमा मेस्सीकाे ह्याट्रिकमा अर्जेन्टिना विजयी

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्टार खेलाडी लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको ३ गोलसँगै बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेका हाे ।

बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी) पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो ।

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गाेल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा गरेका थिए । दोस्रो गोल एकल प्रयासमा सम्भव भयाे भने तेस्रो गोल बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएकाे हो । बिहान भएको अर्को खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार