कमल -४ को वडा सभापतिमा सागर राई सर्वसम्मत निर्वाचित

२०७८ भाद्र १९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – नेपाली काँग्रेसको वडा अधिवेशन अन्तर्गत कमल गाउँपालिका वडा नं ४ मा सागर राई वडा सभापति चयन भएका छन ।

निर्वाचन अगावै राई नेतृत्वको वडा समिति र वडाबाट चयन हुने क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएको हो ।

वडा सभापतिमा निर्वाचित राई कमल गाउँपालिकाको तरुण दल उपसभापति हुन् ।

वडा सभापति सहित कमल – ४ बाट १७ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन ।

नवनिर्वाचित वडा सभापति राइले सहमति, सहकार्य र एकता प्रदर्शन गर्दै कमल -४ मा निर्वाचन अगावै नेतृत्व चयन भएकोमा धन्यबाद दिएका छन ।

नेपाली कांग्रेस झापाले भोलि भाद्र २० गते जिल्लाका १ सय ३१ वटै वडाहरूमा एकै साथ वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।

जिल्ला भरी एकै दिन एकै समयमा सम्पन्न गर्नेगरी बनाईएको कार्यतालिका अनुसार आईतवार हुने निर्वाचन बिहान ११ बजे देखि २ बजे सम्म मात्र मतदाताका रुपमा रहेका कृयाशिल सदस्यहरुले मत हाल्न पाउने गरि समय सीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार