कांग्रेसका उम्दा कार्यकर्ता संगम अधिकारी जो क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बने

२०७८ भाद्र १९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यतिबेला गौरादह वडा न. २ का २३ वर्षीय ठिटो संगम अधिकारी चर्चामा छन । नेपाली कांग्रेसको आसन्न १४औ महाधिवेशनमा उनले क्षेत्रीय प्रतिनिधिमा दाबी प्रस्तुत गरेपछि उनको चर्चा चुलिएको हो ।

महाधिवेशनको चुनावी प्रक्रिया सुरु भईसकेको छ । यहि मेसोमा युवा कार्यकर्ता अधिकारीको दौडधुप पनि बाक्लिदै गएको छ ।

०६५ सालमा बाल्यवस्थादेखि उनले राजनीतिमा सुझबुझ राखेका हुन् । क्रियाशील यसैपाली लिएका भएपनि उनलाई पार्टीका ‘होलटाइमर’ भन्दापनि हुन्छ । कांग्रेसको हरेक ‘मुभमेन्ट’ मा उनि सक्रिय भएर लागिरहेका छन । यही क्रियाशीलताले नै उनी नेपाली कांग्रेसका उम्दा कार्यकर्तामा दरिएका हुन् ।

गौरादह – २ बजार लाईन निवासी अधिकारीको उम्मेद्वारी दिने आफ्नो ठाउँमा छदैछ । ‘तर, जो जो उम्मेदवार हुनुहुन्छ, उहाँहरु कांग्रेस नै हो । तर, कांग्रेस कस्तो बनाउने ? कांग्रेसको कार्यदिशा के हुने ? कांग्रेसको अबको मार्गनिर्देशन के हो ?’ यसमा छलफल हुनुपर्नेमा उनको जोड छ ।

उनको राजनीति प्रवेश संयोगवश वा स्वार्थका कारण थिएन । बुवाको राजनीतिलाई बाल्यकालमै नियालेका थिए उनले । जसका कारण उनलाई राजनीतिप्रति समर्पणभाव जागेको थियो । भन्छन – ‘सानै उमेरदेखि परिवार कांग्रेसमय थियो । बुवा नेपाली कांग्रेसको स्थायी कार्यकर्ता भएर लाग्नु भएको थियो ।’ जननायक वीपी कोइरालाबाट निकै प्रभावित उनी प्रजातन्त्रको सुन्दर पक्षबारे उनको चिन्तन र दर्शनका किताब खोजी खोजी पढ्थे ।

काठमाडौंको शंकर देव क्याम्पसमा स्नातक गरिरहेका उनि नेविसंघमा आबद्ध भएर राजनीतिक जीवन सुरु गरेका हुन् । विद्यार्थीका हक हितका सवालमा उनको आवाज बुलन्द हुने गरेको छ । उनि नेविसंघको दर्बिलो खम्बा भएर हमेशा उभिरहेकै छन ।

कांग्रेसलाई बुढाहरुको पार्टी भन्ने आरोप छ नि भनेर प्रश्न गर्दा उनि भन्छन – ‘यहि आरोप चिर्न पनि मेरो उम्मेद्वारी हो । युवालाई अगाडी बढाउनु पर्छ ।’

कांग्रसका युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेलका ‘डाइहर्ट फ्यान’ उनि कांग्रेसकै युवा दस्ता तरुण दलको केन्द्रिय प्रचार तथा प्रकाशन बिभाग सदस्यको भूमिकामा समेत छन ।

प्रजातन्त्रप्रतिको आस्थाले राजनीतिबाट आफू अलग हुन नसक्ने बताउने अधिकारीले पहिलो चरणमा क्षेत्रीय प्रतिनिधिमा आफुलाई अमुल्य मत दिन आफ्नो वडाका क्रियाशिल सदस्यहरुलाई अपिलपनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार