गौरादहको एक घरमा चोरी

२०७८ भाद्र ६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – गए राती गौरादहको एक घरमा चोरी भएको छ । गौरादह नगरपालिका वडा न. १ बजारमा डेरा गरि बस्ने सन्तोष कार्कीको कोठाबाट चोरी भएको हो । उनि होटल होलिडेका संचालक हुन् ।

चोरले रातको ११ देखि २ बजे समयको बीचमा चोरेको हुनसक्ने उनको अनुमान छ । उनले भने, ‘दोश्रो तलामा बस्छौ, कोठामा चोरी भएको बिहान ३ बजे था भयो ।’

गर्मीको समयमा ढोका खुल्ला राखेको मौका छोपेर चोरी भएको उनले बताए ।

उनका अनुसार मोबाइल एक थान, छोराको कानमा लगाउने सुनको टप र तीन हजार नगद चोरी भएको छ ।

बिहान ईलाका प्रहरी कार्यालयमा गई घटनाका बारेमा जानकारी गराइएको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएको छ ।

बजारमा सिसि क्यामेरा छ,  प्रयोगमा छैन

सुरक्षा निगरानीका लागि लाखौं खर्चिएर जडान गरिएका गौरादह बजारका सिसि क्यामेरा यतिबेला बिग्रिएर प्रयोगविहीन भएका छन ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने गौरादह बजारमा जडान गरिएका सिसि क्यामेरा गत असारदेखि प्रयोगविहीन अवस्थामा पुगेको इलाका प्रहरी कार्यालय गौरादहका इन्चार्ज रमेशकुमार मेहेताले बताए ।

यसबारे गौरादह नगरपालिका कार्यालयलाई खबर गरिएको  उनले बताए । तर, हालसम्म बजारमा रहेका सिसि क्यामेराको मर्मत सम्भार भने भएको छैन ।

सिसि क्यामेरा सबै थोक नभएपनि सिसि क्यामेराको सहायताले अनुसन्धान गर्न ‘हेल्पफुल’ हुने उनको भनाई छ ।

सिसि क्यामेराको दीर्घकालीन व्यवस्थापन कुन स्रोतबाट कसरी गर्ने योजना बिना जडान गरिएका कारण गौरादह बजारमा जडान गरिएका सिसि क्यामेराको मर्मत सम्भार हुन् सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार