लिबियाबाट ८४ नाजेरियाली कैदीलाई मुक्त

२०७८ श्रावण ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरियाली कैदीलाई रिहा गरिएको छ ।

न्याय मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ती कैदीलाई उनीहरुका बच्चासहित रिहा गरिएको हो । रिहा भएका ती कैदीलाई उनीहरुकै देश नाइजेरिया फिर्ता पठाएको अधिकारीले जनाएका छन् ।

अदालतको आदेशबाट रिहा भएका यी सबैलाई लिबियाबाट निकालिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सबै कानूनी प्रक्रिया पछ्याउने जिम्मा पाएका टोलीले नै उनीहरुलाई देश निकाला गरेको जनाइएको छ ।

अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहरिएका सवैलाई उनीहरुकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन् । दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरुलाई आफ्नै देश फिर्ता पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार