रंगशाला निमार्णस्थलमा बिहान ६ बजे राति १० बजेसम्म खट्छन धुर्मुस

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भरतपुर – यतिबेला धुर्मुस–सुन्तली क्रिकेट रंगशालाको काममा व्यस्त छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा काम गरिरहेका धुर्मुसका केही तस्विर सामाजिक सञ्जल फेसबुकमा भाईरल भै रहेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याइनभ्याई छ । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस सुन्तली सँगै काम गर्न पाउदा कामदारहरु पनी खुशी देखिन्छन।

स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरेका छन। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनीहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका छन । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुवै जना एकै ठाउँमा बसेर स्थानीयहरुसँग भेटघाट पनि गरिरहेका हुन्छन।

तीन करोड नेपालीहरुको सहयोगले नै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरेका छन । ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने, ‘यो देशको विकासका लागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिएपछि अब विकासको आन्दोलनमा सबै सहभागी हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार