sajalsandesh

के कोभिड भ्याक्सिन अब चक्कीमा लिन पाइएला ?

– बीबीसी

कोरोनाविरुद्ध लड्ने क्षमता विकास गर्न अहिलेसम्म इन्जेक्सनमार्फत भ्याक्सिन दिने गरिएको छ । तर, भविष्यमा भ्याक्सिनमा हुने कम्पोनेन्ट ट्याब्लेट वा पिल्समार्फत पनि लिन पाइने भएकाे छ ।

दक्षिणी स्वीडेनको सबैभन्दा ठूलो साइन्स पार्कमध्ये एक हो ‘मेडिकन भिलेज’ । त्यहाँको एउटा ल्याबमा रसायनविज्ञ इन्गेमाे एन्डरसनसँग एउटा पातलो प्लास्टिक इनहेलर, जुन एउटा सलाइको डिब्बा बराबर छ । यो सानो उपकरणले कोभिडविरुद्धको युद्धमा ठूलो भूमिका निभाउन सक्ने विश्वास एन्डरसनको समूहलाई छ । यसैमार्फत भविष्यमा भ्याक्सिनलाई पाउडरका रूपमा घरमै लागेर लिन सकिने छ ।

इनहेलर दिखाउँदै इन्गेमाे एन्डरसन । तस्वीरः बीबीसी ।

खासगरी अस्थमाका बिरामीका लागि इनहेलर बनाउने कम्पनी फर्मका सीईओ जोहान बावोर्ड भन्छन्, ‘यसलाई सजिलैसँग बनाउन सकिन्छ । याे निकै सस्तो पनि छ । तपाईंले केवल सानो प्लास्टिकको स्लिप हटाउनुपर्छ । त्यसपछि भ्याक्सिन इनहेलर सक्रिय हुन्छ । तपाईंले यसलाई मुखमा राखी लामो सास लिएर भ्याक्सिन लिन सक्नुहुन्छ ।’

स्टकहोमको इम्युनोलोजी रिचर्स स्टार्ट अप (आईएसआर)ले सुख्खा पाउडरका रूपमा भ्याक्सिन बनाएको छ । आइकोनभाे (Iconovo) नामको कम्पनीले आईएसआरसँग साझेदारी गरेको छ ।

यो भ्याक्सिनमा कोभिड–१९ भाइरस प्रोटिनको प्रयोग गरिएको छ । यसले ४० डिग्री सेल्सियस तापमानसम्म सहन सक्छ । यता, फाइजर, मोडर्ना र एस्ट्राजेनेकाको भ्याक्सिन आरएनए र डीएनए प्रविधिमा आधारित छन् । अहिलेसम्म कोरोना भाइरुसविरुद्ध बनेका सबै भ्याक्सिन तरल रूपमा छन् । यस्ता भ्याक्सिनलाई सिसीमा ७० डिग्री सेल्सियससम्म तापक्रम राख्नुपर्छ । त्यसैले फ्रीजरहरूको आवश्यकता पर्छ, जसलाई कोल्ड चेन भनिन्छ ।

तर, नयाँ बन्न लागेको पाउडर भ्याक्सिनको सबैभन्दा ठूलो फाइदा भनेकै यसलाई कोल्ड चेनबिना सामान्य तापमानमा समेत वितरण गर्न सकिन्छ । आईएसआरकी संस्थापक ओला विनक्विस्ट भन्छिन्, ‘यो भ्याक्सिन स्वास्थ्यकर्मीको मद्दतबिना नै लिन सकिन्छ ।’

ओला स्वीडेनको प्रमुख मेडिकल युनिभर्सिटी क्यारोलिन्स्का इन्स्टिच्युडमा संक्रामक रोगकी प्राध्यापक हुन् । उनको कम्पनीले अहिले आफ्नो भ्याक्सिनलाई कोभिड–१९ को बीटा (दक्षिण अफ्रिकी) र एल्फा (बेलायती) भेरियन्टमा परीक्षण गरिरहेको छ ।

खोप उत्पादक नभएको दक्षिण अफ्रिकालाई पाउडर भ्याक्सिनले ठूलै मद्दत गर्न सक्ने कम्पनीको विश्वास छ । यहाँ मौसम पनि तातो हुन्छ । अनि बिजुलीको आपूर्ति पनि सीमित छ । त्यसैले दक्षिण अफ्रिकामा खोपलाई लिएर थुप्रै चुनौतीहरू छन् ।

आईएसआरले बनाएकाे यो भ्याक्सिनको परीक्षण हुन बाँकी नै छ । अहिलेका तरल भ्याक्सिनभन्दा यो कति सुरक्षित छ, जवाफ त्यसपछि नै पाइने छ ।

अहिलेसम्म यसको परीक्षण मुसामा मात्र गरिएको छ । आईकोनवो र आईएसआरले आगामी दुई महिनामा मान्छेमा परीक्षण सुरु गर्न आवश्यक फण्ड जुटाइसकेका छन् । यो भ्याक्सिनलाई लिएर संसारका मेडिकल समुदायमा उत्साह छ । यसबाट कोभिड महामारीविरुद्धको लडाइँमा क्रान्तिकारी मद्दत पुग्ने विश्वास गरिएको छ । किनकि, भ्याक्सिनको भण्डारण र वितरण निकै सहज हुने छ । क्यारोलिन्स्कामा ग्लोबल ट्रान्स्फर्मेसन हेल्थका प्राध्यापक स्टेफन स्वार्टलिंग पीटरसन भन्छन्, ‘जुनजुन क्षेत्रमा पुग्न कठिन छ, त्यहाँ यसको मद्दतबाट मानिसको ज्यान बचाउन सकिन्छ ।’

यूनिसेफका पूर्व स्वास्थ्य प्रमुख स्टीफन स्वार्टलिंग पीटरसन । तस्वीरः बीबीसी ।

संसारभरका कम्पनीहरू पाउडर भ्याक्सिनको परीक्षण गरिरहेका छन् । यता स्वार्टलिंग हामीलाई आइकोनवोदेखि दस मिनेट पैदलको दूरीमा एउटा अर्को स्टार्टअप ‘विश्वसनीय विधि’बारे बताउँछन् ।

फरमास्युटिकल कम्पनी जाइकम (Ziccum) यस्तो विधिको परीक्षण भनिरहेकाे छ, जसको मद्दतले भविष्यमा तरल भ्याक्सिनलाई एयर ड्राइ गर्न सकिने छ ।

यसबाट विकासशील देशमा यस्तो फिल एण्ड फिनिस केन्द्र बनाउन सकियोस्, जहाँ भ्याक्सिनलाई सिसीहरूमा भर्न सकिने छ । अनि ती देशहरूले भ्याक्सिन उत्पादनको अन्तिम चरणलाई आफ्नै जमिनमा पूरा गर्न सक्नेछन् ।

भ्याक्सिन पाउडरलाई स्टेराइल वाटर सोल्युसनमा मिलाएर सिसीहरू र इन्जेक्सनको मद्दतबाट लगाउन सकिनेछ । कम्पनीका सीईओ गोराना कोनरेडसन भन्छन्, ‘यो विधिले नयाँ आयाम खोल्ने छ । जस्तो कि, नाकबाट वा गोलीका रूपमा भ्याक्सिन लिन सकिने छ । यसका लागि अझै धेरै अनुसन्धान र प्रयाेगकाे जरुरी हुन्छ । तर, सैद्धान्तिक रूपमा यो सम्भव रहेको भन्न सकिन्छ ।’

जेनसेनले कोभिडको एक डोजमा दिइने भ्याक्सिन बनाएको छ । बेलायतमा यसलाई गत महिना प्रयोग अनुमति दिइएको छ । यो कम्पनीले जाइकमसँग मिलेर एक पाइलट प्रोजेक्टमा काम गरिरहेको छ, जसमा उसको एयर ड्राई क्षमताको परीक्षण गर्नु पनि एक हो । यो प्रोजेक्ट कोभिडसँग सम्बन्धित हो वा यसको प्रयोग अन्य बिरामीहरूमा पनि हुन्छ, यसबारे अहिलेसम्म यो ठूलो दबाई कम्पनीले केही बताएको छैन । कम्पनीका प्रवक्ताले भनेका छन्, ‘यो सोध होइन, टेकनिक विकासमा केन्द्रित छ, जसको प्रयोग भविष्यमा भ्याक्सिनको भण्डारण र खोप अभियानलार्य सजिलो पार्नमा गरिने छ ।’

सुई लगाउन डराउनेहरूका लागि पाउडर टेकनिक सजिलो हुने छ । यसले तरल भ्याक्सिनको पर्यावरण तुलनामा निकै विकल्प दिने छ ।  फ्रिज चलाउनका लागि बिजुलीको खपत निकै कम हुने छ । आमरूपमा भ्याक्सिनको सिसीहरूलाई डीप फ्रीजरमा राखिन्छ । यसले निकै धेरै मात्रामा बिजुली खपत हुने गरेको छ । पाउडर भ्याक्सिनमा यस्ता झमेला नहुने भएकाले संसारका सबै भागमा पुर्‍याउन सकिन्छ ।

कोनार्डसन भन्छन्, ‘जबसम्म सबै सुरक्षित छैनन, तबसम्म कोही सुरक्षित छैनन् । तपाईंलाई थाहा छैन, संसारको कुनै कुनामा कोरोना भाइरस बाँकी रह्यो भने के हुन्छ  भनेर ।’

जबसम्म सबै सुरक्षित छैनन, तबसम्म कोही सुरक्षित छैनन्- कोनार्डसन । तस्वीरः बीबीसी ।

भ्याक्सिनको उत्पादन बढाउनमा काम गरिरहेको आईएनजीओ कोएलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोवेसन (सेपी) की प्रवक्ता इनग्रिड क्रोमेन भन्छिन्, ‘महामारी अन्त्यका लागि संसारका सबै जनसंख्यामा भ्याक्सिन पुर्‍याउन सक्ने क्षमताको विकास गर्नुपर्छ । पाउडर आधारित भ्याक्सिन अहिले पनि निर्माणको सुरुवाती चरणमा छ । यसमा अझै थुप्रै काम गर्न बाँकी छ । यसको निर्माण क्षमता बढाउनु छ । तर, यो सफल भयो भने भ्याक्सिनमा मानिसहरूकाे पहुँच सजिलो हुने छ । भ्याक्सिन बिग्रेर जाने समस्या घट्छ । यसलाई सजिलैसँग वितरण गर्न सकिनछ । तरल खोपमा जाने खर्च पनि कम हुन्छ ।’

ismt college
dish home