गौरादहमा आंशिक लकडाउन, ३ घण्टा मात्र पसल खुल्ने

२०७८ श्रावण ११, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादहमा आंशिक लकडाउन हुने भएको छ । कोरोना संक्रमणको संख्या दिनानुदिन बढ्दै गएपछि आज बसेको सर्वपक्षिय बैठकले आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकले मंगलबार राति १२ बजेदेखि साउन १८ गते राती १२ बजेसम्म नगरका सबै क्षेत्रमा आंशिक बन्दाबन्दीको घोषणा गरेको हो ।

यो पनि पढ्नुहोस :

बैठकले गौरादह नगरपालिका क्षेत्रभित्र साप्ताहिक हाटबजार पूर्णरुपले बन्द गर्ने, औषधी पसल र दुध डेरी बाहेक अन्य पसल तथा व्यवसाय र तरकारी बजार बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

बैंक तथा बित्तिय संस्थाको हकमा भने बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

यस्तै, विभिन्न विद्यालय, क्याम्पस र विश्वविद्यालयको परिक्षा दिन जाने परीक्षार्थीहरुलाई स्थानीय प्रहरी प्रशासनबाट प्रवेश पत्रको जाचबुझ गरि सहजरुपमा परीक्षा हलसम्म जान अनुमति दिने व्यवस्था मिलाईएको नगर प्रमुख रोहितकुमार साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो निर्णय कोरोनाको बढ्दो घटनालाई ध्यानमा राखी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार